फेसबुक र इन्स्टाग्राममा डोनाल्ड ट्रम्पमाथि लगाइएको  प्रतिबन्धलाई फेसबुकको ओभरसाइट बोर्डले सही ठहर गरेको छ । यद्यपि, फेसबुकको सामान्य कारवाहीको दायराभन्दा टाढा रहेको आजीवन प्रतिबन्धको भने आलोचना गरेको छ ।

बोर्डले फेसबुकलाई आफ्नो निर्णयको पुनः मूल्यांकन गर्न र उक्त कारवाहीबारे जवाफ दिन निर्देशन दिएको छ । गत जनवरीमा क्यापिटल हिलमा भएको हिंसापछि पूर्व राष्ट्रपति ट्रम्पमाथि फेसबुक र इन्सटाग्रामले प्रतिबन्ध लगाएको थियो ।

बोर्डले ट्रम्पमाथि आजीवन प्रतिबन्ध लगाउनुलाई ‘अनिश्चित र मानकविहीन’ करार गर्दै अन्य प्रयोगकर्तालाई लागू हुने नियमजस्तै कारवाही हुनुपर्ने बताएको छ ।

यसबारे जवाफ माग्दै बोर्डले फेसबुकलाई आफ्नो नीतिगत सुधारका लागि सुझावहरु पनि दिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *