बाँकेमा गए रातभरीमा ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन्।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो। उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो।

नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे मृत्यु भएको छ। वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो। नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ।

यही वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो। गए राति १० बजे उनको मृत्यु भएको छ। नेपालगन्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ।

वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ बजे मृत्यु भएको छ। मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। राति १२ः३० बजे उनको मृत्यु भएको छ।

दाङ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। उनको आज बिहान ४ बजे मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *