काठमाडौं : सरकारले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप लगाउने कार्य काठमाडौंमा आजदेखि स्थगित गरेको छ। स्वास्थ्य सेवा विभागले ‘भेरोसेल’ खोप लगाउने कार्य स्थगित भएको जनाएको छ।

काठमाडौंमा निरन्तर सन्चालन गर्ने भनिएकोमा अब खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए।

खड्काले जारी गरेको सूचनामा ‘भेरोसेल’ खोप लगाउने कार्य स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन। खोप लगाउने स्थानमा भएको अव्यवस्थित भीडभाडले संक्रमणको जोखिम बढाएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *