प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिलेपनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए ।

‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्दै ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि भरसक पार्टीमा क्षति नहोस् भन्ने छ । ’

पार्टीमा अनुशासनहीनता चल्ने नभन्दै ओलीले अनुशासनहीनता र अराजकतासँग कुनैपनि हालतमा सम्झौता हुन नसक्ने बताए । ‘पार्टीविरोधी र गुटगत गतिविधिमा कुनैपनि हालतमा सम्झौता हुन सक्दैन’, व्यक्तिगत तबरमा कुराकानी हुनसक्ने भएपनि अब पार्टीभित्र गुटगत गतिविधि चल्दैन ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *