काठमाडौं । नेकपा एमालेले सोधेको स्पष्टीकरणमा वरिष्ठ नेता माधवकुमार नेपालले जवाफ फर्काउनुभएको छ ।

वरिष्ठ नेता नेपाल सहित अन्य नेताहरुले पनि जवाफ दिनुभएको छ । नेपालले दिनुभएको जवाफमा स्पष्टीकरणका नाममा प्रयोग भएका शब्द, वाक्य र आरोपहरु झुठा, मर्यादाहीन, उद्दण्ड र उत्तेजक भएको उल्लेख छ ।

नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई ६ वैशाखमा एमालेले स्पष्टीकरण सोधिएको थियो । ६ गतेको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको थियो ।

तोकिएकै समयमा सबै सांसदले एक्लाएक्लै स्ष्टीकरण बुझाउन थालेका हुन् । स्पष्टीकरण बुझाउनुअघि नेपाल पक्षका सांसदहरूले वुद्धनगरस्थित साहाना प्रधान स्मृति प्रतिष्ठानमा सामूहिक छलफल गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *