चितवनको माडी स्थित अयोध्यापुरीमा प्रतिस्थापन गर्न राम-सीताको मूर्ति आज रथयात्रा सहित त्यस तर्फ लगिँदैछ ।                                                                           प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए। त्यसपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै त्यसतर्फ पठाइएको हो ।                                                                                                                 गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।

अयोध्यापुरीमा रथ पुगेपछि बुधबार बिहान अभिषेक सहित प्रतिस्थापन गरिने जनाइएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाल र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायत अतिथि सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *