काठमाडौँ– कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सार्वजनिक यातायातमा यात्रुका साथै चालक तथा सहचालकले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने सरकारले जनाएको छ।

साथै मास्कको प्रयोग नगर्ने यात्रुलाई सार्वजनिक यातायातमा नचढाउन पनि सरकारले आग्रह गरेको छ। यदी बसभित्र  मास्क उपलब्ध गराउनु परेमा बढीमा १० रुपैयाँ लिन सकिने पनि सरकारको निर्णय छ।

सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सवारीसाधनलाई दैनिक रुपमा डिस्इन्फेक्ट गर्नुपर्ने पनि बताए।

लामो दूरीका सार्वजनिक यातातातले बीच बाटोमा यात्रु चढाउन नपाउने सञ्चारमन्त्री गुरुङले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *