भारतमा कोरोना संक्रमणको दर दिनप्रतिदिन उच्च हुँदै गएको छ। नयाँ संक्रमित फेला पर्ने क्रम हरेक दिन बढ्दै गएको हो।पछिल्लो २४ घण्टामा मात्रै २ लाख १७ हजार नयाँ संक्रमित भेटिएका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार दुई लाख ७ सय ३९ जना संक्रमित भेटिएका थिए।लगातार दोस्रो दिन दुई लाख भन्दा धेरै संक्रमित फेला परेका हुन्।योसँगै हालसम्म भारतमा १ करोड ४० लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये १ करोड २४ लाख २९ हजार निको भएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार १८५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ ।
