MOHP

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ उपत्यकाका लगायतका १४ जिल्लामा कोभिड—१९ को संक्रमण बढेको भन्दै ८ बुँदे अपिल जारी गरेको छ।

बिहीबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले अपिल जारी गर्दै भीडभाड नगर्नेदेखि हरेक अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न समेत भनेको छ। केन्द्रले १४ जिल्लालाई अति प्रभावित भनेर छुट्याउँदै उक्त जिल्लाहरुमा भीडभाड हुने काम नगर्न भनेको छ।

कोभिड—१९ संक्रमणको दोस्रो लहरका कारण अति प्रभावित जिल्ला  काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन्।

यी जिल्लामा विद्यालय, रात्रि व्यवसायहरु, सात बजेदेखि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सपिङ मललगायतका भिडभाड हुने क्षेत्रमा सहभागी नभईदिन आग्रह गरेको छ।

मन्त्रालयले अति प्रभावित जिल्लाहरुमा बढी भीडभाड हुने क्षेत्र बन्द गर्नु पर्ने भन्दै ती क्षेत्रमा सहभागी नहुने आग्रह गरेको हो।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *