MOHP

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठुला सहरका विद्यालयहरु कम्तीमा एक महिना बन्द गर्न सिफारिस गरेको छ।

कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएकाले कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो।                                                                                                   स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको र बालबालिकाहरु उच्च जोखिममा रहेकाले विद्यालय बन्द गर्न सिफारिस गरिएको बताएका छन्।

उनले यस विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा छलफल भएको बताए।उनले  औपचारिक निर्णय भइनसकेको कुरा पनि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *