काठमाडाैं:  काठमाडौँ लगायत देशभर प्रदुषण बढ्दै गएकाे छ। बिहान र बेलुका झनै हानिकारक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ ।

‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ ।’

विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् ।

विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ । सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ । प्रवक्ता जोशीका अनुसार सोमबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *