मुम्बई: बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा दिनदिनै कोरोना संक्रमण बढीरहेका बेला खानलाई पनि पुष्टि भएको हो ।

कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन बसेका छन् । उनले कोरोनाविरुद्धको नियमहरु पालना गरिरहेका छन्। आमिर खानका प्रवक्ताले पछिल्लो समय आमिरसँग सम्पर्कमा रहेकालाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।

यसअघि आमिर खानसँग एउटै चलचित्रको सुटिङ गरिरहेकी अभिनेत्री कियारा आडवानीमा कोरोना देखिएको थियो।

यसअघि रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भइसकेको छ । हालै अभिनेता कार्तिक आर्यन पनि कोरोना पोजेटिभ भएको खबर छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *