काठमाडौं :नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालको निधन भएको छ ।

सतासी वर्षीय रिसालको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा बिहीबार बिहान निमोनियाबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विसं २०१५ मा अर्थ मन्त्रालयमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका उनले २०४९ मा लोेकसेवा आयोगको सचिवबाट उमेर हदबाट अनिवार्य अवकाश लिएका थिए ।

उनका नेपाल भाषा र व्याकरण, भावनाको लहर, तीनधाम यात्रा, ज्ञानदर्पण, अमेरिकालाई हेर्दा, श्रीकृष्णलीला, भावनात्मक अभिव्यक्ति, शिक्षा र राष्ट्रियता, प्रशासनिक गति र राजनीति, बालविनोद, वाग्मतीः काठमाडौँ सभ्यताको मुहान तथा तथ्यबोध र हाम्रो देशको चिनारी खण्डकाव्य (अङ्ग्रेजी भषामा सहित) आदि कृतिहरू प्रकाशित छन् ।

उनका एक छोरा छन्। उनको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *