बेलायतको रिडिङमा बसोबस गरिरहेका नेपालीहरुको संस्था ग्रेटर रिडिङ नेपाली समाज संघले कोभिड महामारी बिरुद्ध लडन मध्यबिन्दु जिल्ला अस्पताल्, डण्डा, नवलपरासीलाई पाँच थान अक्सिजन कन्सर्नटेटर १० एलपिएम (लिटर पर मिनेट) क्षमताको सहयोग गरेको छ ।


ग्रेटर रिडिङ नेपाली समाजले डाक्टर पुष्प मणी खरेलको संयोजकत्वमा उक्त पाँच थान अक्सिजन कन्सर्नटेटर मध्यबिन्दु जिल्ला अस्पातल, डण्डा, नवलपरासीमा रहेका बिरामीहरुको उपचार मा सहयोगकालागि प्रदान गरेका छन् । साथै ग्रेटर रिडिङ नेपाली समाज संघले रु. तीन लाख महाबिर पुनको कोभिड १९ बिरुद्धको अभियानको लागि राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *