काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा सरकारमा नजाने कुरा व्यक्त गरेका छन् ।

अध्यक्ष थापाले मङ्गलबार सामाजिक सञ्जालमार्फत् सो विचार व्यक्त गरेका हुन्।

राप्रपा पटक-पटक सरकारमा गएको मतदातालाई चित्त नबुझेको , प्रत्युत्पादक तथा गल्ती भएको भन्दै अब त्यो गल्ती नगर्ने बताएका छन् । ‘पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन’ अध्यक्ष थापाले भनेका छन्, ‘त्यो प्रत्युत्पादक भयो,गल्ति भयो,अब गल्ति दोहरिने छैन ।’

थापाले राप्रपा सरकारमा गए पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा नछोडेको र आगामी दिनमा पनि एजेण्डा नछोड्ने बताए । उनले भने, ‘सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन, छोडने छैन ।’

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *