काठमाडौं : नेविसंघले मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेका छन्।

विद्यार्थीहरुले काठमाडौंको जडीबुटी मनोहरामा मशाल जुलुससहित पुत्ला दहन गरेका हुन्।

विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।

यस्तै मङ्गलबार नै नेविंसंघले काठमाडौंको नयाँ बानेश्वरमा पनि सरकारविरुद्ध रचनात्मक विरोध प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेको भन्दै बानेश्वरबाट पनि प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय विद्यार्थीहरुले निरन्तर रुपमा प्रधानमन्त्रीको संसद् विघटन लगायतका कदम र महतोको अभिव्यक्तिको विरोध गर्दै आएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *