मङ्गलबार राति भएको युरो कप २०२० का खेलमा पोर्चुगल र फ्रान्स विजयी भएका छन् ।
पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको छ भने दोस्रो खेलमा फ्रान्सले जर्मनीलाई १-० ले पराजित गरेको छ।

पोर्चुगलको जीतमा कप्तान क्रीस्टियानो रोनाल्डोले दुई तथा राफेल गुइरेरोले एक गोल गरे। रोनाल्डोले एक गोल पेनाल्टीमार्फत गरेका थिए। जितसँगै पोर्चुगलले महत्त्वपूर्ण ३ अंक जोडेको छ।

जर्मनीसँगको खेलमा फ्रान्सको जित जर्मनीको आत्मघाती गोलबाट सम्भव भएको हो ।फ्रान्स आफूले भने गोल गर्न सकेन।

जर्मनीका म्याट्स ह्युमेल्सले आत्मघाती गोल गर्दा फ्रान्सको जित भएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *