जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन सुरु भएको र देशभर बाढी पहिरो र भू–क्षयको जोखिम बढेको बताएको छ।

विभागले यस वर्षको मनसुन देशभर फैलिएसँगै नदी तटीय क्षेत्रमा जोखिम बढेकोसमेत जनाएको छ।

विभागले देशभर मनसुनी वायु बढेको हुँदा मुलुकभर सतर्कता अपनाउन भनेको छ। बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ र बबई नदीमा ठूलो बाढी आउने भएकाले उच्च जोखिमको सम्भावना रहेको उल्लेख गरेको छ।

यस वर्ष जुन ११ तारिख अर्थात् जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन आइतबार साँझबाट देशभर फैलिइसकेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *