जेरुसेलम : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिने भएका छन्। लामो समय सत्तामा शक्ति जमाएका प्रधानमन्त्री नेतान्याहू बिदा हुने भएका हुन्।

आइतबार इजरायली संसद्ले नेतान्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेपछि नेतान्याहूको बहिर्गमन निश्चित भएको हो।
नेतान्याहूको बहिर्गमनसँगै दक्षिपन्थी यामिना पार्टीका नाफ्ताली बेनेट प्रधानमन्त्री बन्ने भएका छन्। गठबन्धनले हालै गरेको सहमतिअनुसार बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म प्रधानमन्त्री बन्न पाउनेछन्। त्यसपछि भने उनले येस अतीर पार्टीका याइर लापिडलाई सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्छ।
नेतान्याहु सन् २००९ देखि लगातार प्रधानमन्त्री पदमा थिए।

