cuffMan in handcuffs

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा  खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेको अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ गरिएको काफ्लेले बताए।

मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ। रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *