अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि निस्किएका छन् ।

उनी आफ्नो पहिलो विदेश भ्रमणमा युरोपतर्फ निस्किएका हुन् ।

युरोप भ्रमणका क्रममा बाइडेनले जी-७ देशको बैठकमा सहभागिता जनाउने र रुसी राष्ट्रपति भ्लादमिर पुटिन र बेलायतकी महारानी एलिजावेथलाई भेट्ने तालिका रहेको बताइएको छ ।

राष्ट्रपति बाइडेनको ८ दिने यस भ्रमणको शुरुवातमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग पहिलो भेट हुने तालिका रहेको छ ।

अमेरिकासहित क्यानाडा, फ्रान्स, जर्मनी इटली, जापान र बेलायत सदस्य रहेको जी-७ देशहरुको बैठक बाइडेनको यस भ्रमणको प्रमुख केन्द्रमा रहने बताइएको छ ।

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *