काठमाडौ : सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्न लागेका छन्। सभामुख सापकोटाले पत्राचार नै गरेर प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ ।
समसामयिक राजनीतिका विषयमा छलफल गर्न यो आह्वान गरिएको बताइएको छ । बैठक अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग छलफल गरका थिए।

