बर्दिवास । सर्वोच्च अदालतको निर्णयपछि प्रचण्डलाई साथ दिएका एमालेका नेताहरुलाई समस्या परेको छ । माधव कुमार नेपाल पक्षका नेताहरुले अब एमालेमै रहेर प्रधानमन्त्री ओली विरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेका छन् । यस्तो अवस्थामा नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्री भने प्रधानमन्त्री ओली प्रति थप कडा भएकी छन् ।

उनले अब सत्ताका लागि मरिहत्ते गर्नेहरुका लागि संकट सुरु भएको बताएकी छिन् । सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा बोल्दै नेता झाँक्रीले सत्तामा रहेर राइँदाइँ गर्नेहरुका लागि संकटको दिनगन्ती सुरु भएको बताइएकी हुन् ।

उनले निर्वाचन आयोगको अकर्मण्यताका कारण सर्वोच्च अदालतले यस्तो निर्णय सुनाएको बताएकी छन् । हिजो अस्ति राष्ट्रियसभा, स्थानीय निकायदेखि विभिन्न निर्वाचनका क्रममा नेकपाको नामबाट निर्वाचित भएकाहरुलाई अब कुन दलको सर्टिफिकेट दिने आयोगले ? उनले भनिन्, पार्टीलाई निर्वाचन आयोगले अनिर्णयको बन्दी बनायो ।

तर पनि आफुहरु हरेस नखाएको उनको भनाई छ । संसदीय व्यवस्थाको खतरनाक खेलका कारण सर्वोच्च अदालतले आफुहरुलाइ अलग गरेको बताइन् ।

उनले भनिन्, यो पेचिलो र कठिन घडीमा अझै एकता हौँ । पार्टीले कसैलाई पद र प्रतिष्ठाको लागि हामी एकता भएका होइनौँ । हामी सयौँ मरनी देवी जन्माउनुका लागि कम्युनिष्ट संघर्ष आन्दोलन र पार्टी एकताको पक्षमा हामी छौँ । कम्युनिष्ट आन्दोलनको ध्रुवीकरण हुन सफल छ । प्रधानमन्त्री ओलीले त सहमतीमा पार्टी फोड्ने अभियान नै चलाएको थियो । उनीहरुलाई अब कम्युनिष्ट आन्दोलनबाट अलग गरेर नयाँ ढंगले अघि बढौँ ।

को प्रधानमन्त्री र को राष्ट्रपति हुने र कसलाई बनाउने हाम्रो अभियान होइन । हाम्रो अभियान कम्युनिष्ट आन्दोलन, वर्गीय आन्दोलन र मुक्तिको आन्दोलन नै हाम्रो अभियान हो र हाम्रो संकल्प हो । उनले नाम र झण्डा भन्दा पनि कम्युनिष्टको सिद्धान्त र विचार आफ्नो लागि प्यारो रहेको बताइन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *