काठमाडौं : निषेधाज्ञाको समयमा सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखालाई चार लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन्।

पराजुलीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको जानकारी दिए। सोमबार दिउँसो सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुग्दा दिउँसो पनि सामान बिक्री गरेको पाइएको थियो।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *