काठमाडौं :जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशी विदेशी प्रतिगमनकारी तत्वहरुसँग मिलेर देशलाई गम्भीर संकटतर्फ धकेल्ने प्रयत्न गरिरहेको बताएका छन्।  ओली सच्चिने अवस्था नरहेकाले जनबलबाटै परास्त गर्नुपर्ने उनले बताए ।

सोमबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै आफूले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गर्दा ओलीले बेवास्ता गरेको बताए ।  बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर भ्रम छरे पनि बाह्य शक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री ओली गणतन्त्र परास्त गर्ने खेलमा लागेकाले देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको भट्टराईले बताएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *