काठमाडौं- पिसाब बनाउने,भण्डारण गर्ने तथा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंगमा भएको संक्रमणलाई पिसाब संक्रमण भनिन्छ । यो समस्या हुँदा मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनलीलगायत समग्र मूत्रप्रणालीमा नै संक्रमण हुन्छ ।

विभिन्न सर्वेक्षणअनुसार नवजात बालिकाको तुलनामा नवजात बालकमा चार गुणा बढी पिसाब संक्रमणको समस्या देखिएको छ । तर, एकदेखि पाँच वर्षसम्मका बालबालिकामा भने फरक पाइएको छ । बालकको तुलनामा बालिकामा यो समस्या नौ गुणाले बढी भएको पाइएको छ । बालबालिकालाई पिसाब संक्रमण हुन नदिन यस्ता बिषयमना बिशेगा ध्यान

बालबालिकालाई हरेक तिन घण्टामा पिसाब फेर्न अनुरोध गर्नुपर्छ ।

दिसा पिसाब गर्दा अगाडिबाट पछाडितिर धोइदिने वा धुन सिकाउनुपर्छ । पछाडिबाट अगाडि तिर धुन दिनुहुदैँन र धुईदिनु पनि हुदैँन ।

सुतिको भित्री बस्त्र लगाइदिने, टाइट जिन्सको कपडा लगाइदिनुहुदैँन ।

कब्जियत हुन नदिने यदि भएका उपचार गराउनुपर्छ ।

पानी प्रशस्त मात्रामा खुवाउनुपर्छ ।

मुत्रथैलीमा पिसाब बाकिँ रहन नदिन हरेक पटक पिसाब फेरेपछि पुन फेर्न लगाउँनुपर्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *