काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबार बनेकाे नयाँ मन्त्रिमण्डलमा पदका लागि दुवै पक्ष मिलेको भनी व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्।

“संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?” उनको प्रश्न छ, “अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम?”
डा. भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको मुख्य लक्ष्य पद नै भएको सङ्केत गर्दै आफूले उठाएका प्रश्नकै पछाडि लुकेका जवाफलाई अगाडि ल्याएका छन्।

यक्ष प्रश्न- संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *