gold

साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै घटेको छ। सुन आज १५ सयले घटेको हो।

यस हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने बुधबार स्थिर थियो। बिहीबार चार सयले बढेको थियो ।

गत हप्ता आइतबार ३ सयले बढेको थियो भने सोमबार १ सयले बढेको थियो। मंगलबार २ सयले घटेको थियो। बुधबार स्थिर रहेको थियो भने बिहीबार ७ सयले बढेको थियो। यस्तै शुक्रबार सुन ४ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ९३ हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज घटेको छ । तोलामा ३५ रुपैयाँले घट्दै एक हजार ३४० मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *