लन्डन :अमेरिकी राष्ट्रपति जो बाइडनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्ने भएका छन्।

उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबारमा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।
बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडन समेत सहभागी हुनुहुने छ।
अमेरिकी राष्ट्रपति वाइडन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने भएका हुन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि वाइडन दम्पत्तिको यो पहिलो विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ ।
सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन्।

