मेलम्ची खानेपानी आयोजनाको पानी असार १ गतेदेखि बन्द गरिने भएको छ। सुरुङ परीक्षणका लागि काठमाडौंमा असार १ देखि बन्द गरिने भएको हो। सुरुङमार्गमा असार १ देखि पानी बन्द गरी परीक्षण सुरु हुनेछ।

आयोजनाका अनुसार पानी परीक्षणपछि सुरुङमार्गको परीक्षण गर्नु पर्ने भएकाले करीव एक महिना पानी आपूर्ति बन्द हुने बताइएको छ।

आयोजनाका अनुसार पानी खाली गर्न करिब २ हप्ता लाग्ने र पानी बन्द गरिएपछि सुरुङ मार्गको अवस्था परीक्षण गरिनेछ।

मेलम्चीको सुरुङमार्गमा फागुन १० गतेबाट पानी पठाउन थालिएको थियो। सुरुङमार्ग ठीकठाक भए पुनः सुरुङमार्गमा पानी छाडिनेछ। यदि सुरुङमा कुनै समस्या भए त्यसलाई मर्मतपछि मात्र पानी छाडिने आयोजनाले जानकारी दिएको छ।

सुरुङमा पानी भर्न १५ दिन लाग्नेछ। सुरुङमार्गबाट हाल १७ करोड लिटर पानी दैनिकरुपमा आइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *