भारतका योगगुरु बाबा रामदेवले ब्ल्याक फंगसको आयुर्वेदिक औषधि तयार पारेको घोषणा गरेका छन् ।

पतञ्जलि रिसर्च सेन्टरले तयार पारेको उक्त औषधि बजारमा उपलब्ध गराउनका लागि आवश्यक औपचारिकताहरू पूरा गर्न लागेको जानकारी पनि उनले दिए । साथै, ह्वाइट र येलो फंगसको औषधिमा पनि अनुसन्धान जारी रहेको उनले बताए ।

कोरोनाभाइरसको सङ्क्रमणसँगै ब्ल्याक फंगस पनि भारतमा बढिरहेकाले औषधि बनाउन आफूहरू लागिपरेको उनको भनाइ छ ।

पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णको दिशानिर्देशनमा पतञ्जलि रिसर्च सेन्टर प्रमुख डा.अनुराग वार्ष्णेयको नेतृत्वमा रहेको टोलीले अनुसन्धानको कार्य सुरु गरेको थियो । टोलीले ६ सातापछि यो सफलता हासिल गरेको हो ।

फंगसको औषधिसम्बन्धी अनुसन्धान पूरा भइसकेको आचार्य बालकृष्णको भनाइ छ । सरकारी निकायबाट स्वीकृति लिने काम भइरहेको उनले बताए ।

अब केही दिनभित्र सबै प्रक्रिया पूरा गरेर बजारमा औषधि ल्याउने जानकारी उनले दिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *