लामो समयदेखि इजरायलको प्रधानमन्त्रीको पद सम्हालिरहेका बेन्जामिन नेतान्याहुको पद हाल सङ्कटमा परेको छ ।

त्यहाँको दक्षिणपन्थी दल यामिनाका नेता नेफ्टाली बेनेटले अन्य दलहरुलाई समेटेर नयाँ सरकार गठनको गृहकार्य सुरु गरेका छन् । उनले एसि अटिड नामक अर्को दलसँग मिलेर सरकार बनाउने जनाएका छन् ।

नेफ्टाली बेनेटले अन्य दलहरूसँग सहमति जुटाउन सके भने १२ वर्ष लामो नेतान्याहुको प्रधानमन्त्रीत्व कार्यकाल समाप्त हुनेछ ।

आइतबारको प्राइम टाइम टेलिभिजनबाट सम्बोधन गर्दै नेता बेनेटले पाँचौ चरणको अर्को चुनावमा जानबाट देशलाई रोक्न र अस्थिरताबाट देशलाई मुक्त गर्न आफूले सरकार गठनको गृहकार्य सुरु गर्ने घोषणा गरेका थिए ।

वर्तमान प्रधानमन्त्री नेतान्याहुले बन्ने भनिएको नयाँ सरकार राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएका छन् । उनले नाफ्टाली बेनेटलाई समर्थन नगर्न दक्षिणपन्थी दलहरुलाई आग्रह समेत गरेका छन्

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *