साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। आज सुन २ सयले बढेको हो।

गत हप्ता आइतबार ३ सयले बढेको थियो भने सोमबार १ सयले बढेको थियो। मंगलबार २ सयले घटेको थियो। बुधबार स्थिर रहेको थियो भने बिहीबार ७ सयले बढेको थियो। यस्तै शुक्रबार सुन ४ सयले घटेको थियो।
आज छापावाला सुनको प्रतितोला ९४ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। आज चाँदी एक हजार ३५५ मा कारोबार भइरहेको छ।

