काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । यो खेल नेपाली समयअनुसार बेलुकी १०:१५ देखि सुरु हुनेछ ।

इराकी स्पोर्ट्स च्यानल आईएमएनले युट्युवमा यो खेलको प्रत्यक्ष प्रसारण देखाउनेछ । साथै दर्शकले गोल नेपाल डटकममा पनि यो खेल हेर्न सक्नेछन् ।
विश्वकप छनोट चरणको खेलपूर्व नेपालले इराकसँग आज अभ्यास खेल खेल्न लागेको हो ।

