पत्रपत्रिका :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्था हटाएर राष्ट्रलाई कमजोर बनाएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा बोल्दै उनले राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्, बरू भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको बताएका हुन्।

उनले भनेका छन्, ‘१३ बर्ष अघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतिक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो। राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्। बरू भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ।’

यस्तै, अध्यक्ष थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गर्न पनि आग्रह गरेका छन्। उनले भने, ‘राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ।’
-नागरिक दैनिकबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *