स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ।

नेपालमा आज ६ हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ४९ हजार १११ जना पुगेको छ।

आज ९६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।

आज २० हजार ११० जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३० लाख १७ हजार ३७७ जनाको परीक्षण गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *