काठमाडौं । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रास्फोर्ड सामाजिक सञ्जलामा रङ्गभेदको शिकार बनेका छन् । बुधबार युरोपा लिगको अन्तिम खेलमा स्पेनिस क्लब भिल्लारियलसँग हार बेहाेरेसँगै उनलाई सामाजिक सञ्जालमा गालीगलाैज सुरु भएको हो ।

‘खेल सकिएको एक घण्टामा झण्डै ७० भन्दा बढी त्यस्ता म्यासेज आएका छन्, जुन रङ्गभेदसँग सम्बन्धित छन्,’ उनले आफ्नो ट्वीटरमा लेखेका छन, ‘खेल हारेको यो अवस्थामा जसले मलाई अझ बढी नराम्रो महसुस गराउन प्रयास गरिरहेका छन, उनीहरुलाई यो प्रयासको लागि शुभकामना ।’

अर्को ट्वीटमा रास्फोर्डले आफूमाथि विद्यार्थीलाई गणित पढाउने शिक्षकबाट पनि यस्तै व्यवहार भएको बताएका छन् । उनले भनेका छन, ‘डाइरेक्ट म्यासेजमार्फत गणित पठाउने शिक्षकले समेत भेदभावपूर्ण म्यासेज पठाएका छन् । जो व्यक्ति बालबालिकालाई पढाउँछन, उनीहरुमा यस्तो खालको भावना हुनु अस्वभाविक हो ।’

यसरी आफ्नो क्लबका खेलाडीले सामाजिक सञ्जालमा आफूमाथि रङ्गभेद भएको भनी उल्लेख गरेसँगै म्यानचेस्टर युनाइटेडले पनि ट्वीट गरेको छ । क्लबले खेलाडीमाथि अपमानजनक व्यवहार भएको भन्दै यस्ता कृयाकलाप बन्द गर्न आग्रह गरेको छ ।

यसअघि इङ्गलिस फुटबलअन्तर्गत प्रिमियर लिग, इङ्गलिस फुटबल लिग र ओम्यान सुपर लिगका क्लबले यस्तै भेदभावविरुद्ध सामाजिक सञ्जाल बहिस्कार समेत गरेका थिए ।

गएको अप्रिल ३० तारिखदेखि ४ दिनसम्म उनीहरुले खेलाडीमाथि हुने दुर्व्यवहार बन्द हुनुपर्ने भन्दै उक्त अभियान चलाएका थिए । याे अभियानमा फुटबल अशोसियशन, लिगका प्रमुख संस्थाहरु र भेदभावविरुद्धका च्यारिटी संस्थाहरुले पनि साथ दिएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *