पत्रपत्रिका :
जनता समाज पार्टी कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन्।

कार्यकारिणीमा बहुमत जुटाउन सो पक्षले नेता अशोक राईसँग गम्भीर चरणको कुराकानी गर्ने भएका छन्। कार्यकारिणीमा राई र उनीनिकट चार सदस्य छन्। ती चारजनालाई आफ्नो पक्षमा ल्याउन सके कार्यकारिणीमा बहुमत पुग्ने आँकलन ठाकुर पक्षको छ। एकदुई चरण राईसँग कुराकानी भइसकेको ठाकुर पक्षका एक नेताले दाबी गरे। राईनिकट सांसद रेणुका गुरुङ ठाकुर पक्षमा पुगेकी छन्।

संसदीय दलमा ठाकुर पक्ष बहुमतमा छ। संसद् विघटन भएको अवस्थामा कार्यकारिणीमा बहुमत जुटाउन दुवै पक्षको हानथाप सुरु भएको हो। अहिले कार्यकारिणीमा उपेन्द्र यादव पक्ष बहुमतमा छ। ठाकुर पक्षका तीनजना कार्यकारिणी समितिका सदस्यहरू महेन्द्र यादव, गजाधार यादव र रमेश यादव कित्ता परिवर्तन गरी उपेन्द्र पक्षमा पुगेपछि कार्यकारिणीमा यादव पक्ष बहुमतमा रहन सफल भएको हो।
-नागरिक दैनिकबाट

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *