प्रधानमन्त्री केपी शर्मा ओलीले संचारमाध्यमले सरकारले गरेका कामको उपलब्धि नदेखेको बताएका छन्।

ओलीले ‘मिसन पत्रकारितावाला’ ले धेरै बनावटी कुरा गर्ने गरेको आरोप लगाए। ‘केही त मिसन पत्रकारितावाला छन्,’ ओलीले भने, ‘उपलब्धि देख्दै नदेख्ने। कमजोरी छैन भने बनावटी कुरा बनाउने । मार्मिक कथा बनाउने । मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने ।’ ओलीले भने।

आइतबार बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारहरूसँगको अन्तर्क्रियामा ओलीले सरकार महामारी नियन्त्रणमा पुरै लागेको र पछिल्ला केही दिनमा कोरोना संक्रमण दर स्थिर रहेको भन्दै अब त्यो घट्ने विश्वास व्यक्त गरे।

उनले सरकार अब सबैलाई खोप लगाउने कुरामा केन्द्रित हुने बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *