भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको घोषणा गरेकामा त्यसको विरोध गर्नुको कुनै अर्थ नभएको उनले बताए।

नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्छेले भने, “सबै दलहरूमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्। यी दलहरूलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानैपर्छ। चुनावको हाम्रो पार्टी स्वागत गर्छ। अब स्थिरताका लागि पनि चुनावमा जानैपर्छ।”

उनले भने, ‘हामीले अघिल्लोपटक पनि चुनावमा गएर निकास दिनुपर्छ भनेकै हो, अदालतले बुझेन वा दलहरूलाई ठाउँमा ल्याउन सकिन्छ कि भनेर संसद् पुनःस्थापना गरिदिएको होला। तर, परिस्थितिले फेरि चुनावमा नै जाने गरी त्यही ठाउँमा ल्याइदियो, अब यसको विकल्प छैन।’

जनताको मत र आदेश लिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको अध्यक्ष बिजुक्छेको भनाइ छ

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *