अमेरिकाबाट आपत्‌कालीन स्वास्थ्य सामग्री बोकेको कार्गो विमान काठमाडौं आइपुगेको छ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)ले नेपाललाई सहयोग स्वरूप आपत्‌कालीन स्वास्थ्य सामग्री पठाएको हो।

काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वीट मार्फत अमेरिकाबाट स्वास्थ्य सामग्री सहयोग स्वरूप  काठमाडौं आइसकेको र अझै आउने क्रम रहेको पनि जनाएको छ। स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सर्जिकल मास्क, फेसशिल्ड तथा पन्जा आदि सामग्री यस विमानले ल्याएको छ।

यूएसएडले बिहीबार नेपाललाई कोभिड–१९ को महामारीसँग जुध्न आपत्‌कालीन सहयोगको घोषणा गरेको थियो।  यूएसएडले नेपाललाई कोरोना भाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर (करिब रू.१ अर्ब ७५ करोड) बराबरको सहयोग घोषणा गरेको छ। महामारीसँग जुध्नका लागि यूएसएडले बितेका १५ महिनामा ५० मिलियन डलर (करीब रू.५ अर्ब ८५ करोड) बराबरको सहयोग गरेको जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *