काठमाडौँ :स्वीट्जरल्याण्डले नेपाललाई सहयोगस्वरूप दिएको कोरोना संकटविरुद्धको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।

स्वीस सरकारले अनुदानमा दिएका स्वास्थ्य सामग्री आज (शनिबार) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । एक कार्गो विमानमार्फत ती सामग्री ल्याइएको हो ।
स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेकी हुन् ।
ती सामग्रीहरुमा ४० वटा भेन्टिलेटर, ११ लाख –यापीड एन्टिजेन टेष्ट किट, १ लाख १० हजार के एन ९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट तथा अक्सीजन कन्सन्ट्रेटर लगायत रहेका छन् ।

