स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ।

नेपालमा आज ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २०० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको छ।

आज १७७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ।

आज २३ हजार २२६ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २८ लाख ७८ हजार १४६ जनाको परीक्षण गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *