काठमाडौं : नेकपा (एमाले) भित्र व्याप्त समस्याहरूको अन्त्यका लागि गठित कार्यदलको पहिलो बैठक हिजो मङ्गलबार बस्यो। बैठकले पार्टी विभाजनको कुराबाट अलग रहन आह्वान गरेको छ । एकताको आह्वान गर्दै बैठकले तीनवटा निर्णय गरेको छ।

कार्यदल बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने, पार्टीमा देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने, पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा विश्वास, सहयोग र अन्तरविरोध सिर्जना हुने कामकुरबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको हो।

आइतबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि पाँच–पाँच सदस्यीय कार्यदल बनाएका हुन्। अध्यक्ष ओली समूहको कार्यदलको नेतृत्व पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई दिइएको छ भने नेपाल समूहको कार्यदलको नेतृत्व पार्टी उपाध्यक्ष भीम रावललाई दिइएको छ।

नेम्वाङ नेतृत्वमा बनेको ओली समूहको कार्यदल सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालसहित पाँच नेता रहेका छन् भने रावल संयोजकत्वमा बनेको नेपाल पक्षको कार्यदलमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *