गुल्मी, गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा सहिद लखन थापाको नामबाट फुटबल रंगशालाको निर्माण सुरू भएको छ। गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रंगशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो।
‘सहिद लखन थापा स्मृति रंगशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटवल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन् ।
खेल मैदानमा रोपिएको दुवोलाई सिँचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ। कूल १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइ रहेको सो फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ। सो रंगशालालाई मदन भण्डारी राजमार्गले छोएको छ।

रंगशाला नजिकै विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स र धुर्कोट गाउँपालिकाको वस्तुस्थित विचित्र गुफा छन्।
गाउँमै अन्तरराष्ट्रिय रङ्गशाला निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह देखिएका छन् । “रंगशाला निर्माण भएपछि यहाँ आर्थिक विकासका थुप्रै ढोका खुल्नेछन्”, ।।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *