काठमाडौं ।  मानुषी लघुवित्त वित्तीय संस्थाले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा  आईपीओ निष्कासन गर्न निवेदन दिइसकेको छ । कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२६ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १ करोड १९ लाख ६४ हजार पुर्‍याएको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र रू. १ अर्ब ७१ करोड २६ लाख ७१ हजार खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३ करोड ४२ लाख ८२ हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ३७ करोड ३२  लाख १५ हजार सापटि लिएर,रू. ६२ करोड २२ लाख निक्षेप संकलन गरेर रू. ९८ करोड ११ लाख ५१ हजार कर्जा लगानी गरेको छ ।

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २१ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ४ करोड ९९ लाख ९२ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा वृद्धि भएर रू. ६ करोड ८ लाख ९८ हजार पुगेको हो ।
आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनोपामा रहेको छ । कम्पनीले २८ ओटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *