अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्। केपी शर्मा ओली हिजो तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि अर्थमन्त्रीमा पुन:नियुक्त भएका पौडेलले आफ्नो पहिलो निर्णय कोभिडसम्बन्धी गरेका हुन्।

पौडेलले अर्थमन्त्री पदमा पुन:शपथ ग्रहण गरेपछि अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जलाई ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय गरेका हुन्।

पदभार ग्रहणका क्रममा उनले कोरोना महामारीको दोस्रो लहरका कारण उत्पन्‍न असहज र चुनौतीपूर्ण घडीसँग लड्ने जनाउसहित पौडेलले यो रकम दिने निर्णय लिएका उनका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *