स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ।

नेपालमा आज ८ हजार ९६० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ११८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ।

आज २१४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ।

हालसम्म २७ लाख १२ हजार ५६२ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २० हजार २४५ रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *