काठमाडौं :अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने भएको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीचको टेलिफोन संवादको क्रममा राजदूत रेन्डीले सोको जानकरी दिएको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए।

वार्तामा नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरेपछि जवाफमा रेन्डीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने जानकारी दिएको उनको भनाइ छ। तर, के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने छ।

वार्ताका क्रमा उप्रधानमन्त्री पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको बताए।

उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए।
-नागरिक दैनिक बाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *