फ्रान्सको लिगमा वर्चश्व कायम गरेको क्लब पेरिस सेन्ट जर्मेन फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मोन्टपेलियरलाई पराजित गर्दै पिएसजी फाइनल पुगेको हो ।

गएराति भएको सेमिफाइनलमा पिएसजीले मोन्टपेलियरलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्यो । यससँगै पिएसजीले उपाधि भिडन्तका लागि स्थान बनाएको हो ।पहिलो सेमिफाइनलमा पिएसजी र मोन्टपेलियरबीचको खेल निर्धारित र अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा गएको थियो । जसमा पिएसजीले बाजी मार्यो ।

खेलको १०औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर, ४५औँ मिनेटमा लाबोर्डेले गोल गर्दै मोन्टपेलियरलाई १–१ को बराबरीमा ल्याए ।लगत्तै, खेलको ५०औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । तर, ८३औँ मिनेटमा मोन्टपेलियरका एन्डीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।

पिएसजीका लागि एन्जल डी मारिया, नेयमार,जुलियन, लिन्ड्रो डानिल, मार्क्विवन्होस,र मोइस किनले पेनाल्टी गोल गरे । यता, मोन्टपेलियरका तेजी, एन्डी डोलेर्ट, स्टेफी, मिहाइलो, लाबोर्डेले गोल गर्दा जुनियर साम्बिया असफल भए ।दोस्रो सेमिफाइनलमा मोनाको र भालियर्सबीचको विजेतासँग उपाधिका लागि अब पिएसजीले खेल्नेछ । फाइनल खेल मे १९ मा हुनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *